मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

Ujyalosandeshonline 12448+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

मुगु । पछिल्लो  समय मुगुका कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । पछिल्लो समयमा सोरु गाँउपालिका, यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राबिधिक सहयोगमा सोरु गाँउपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरु बेमौसमी तरकारी खेतीमा आकर्षित भएका हुन् ।

मुगुको सोरु गाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग, रायो,पालङ्गो साग खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छिन् ।

बेमौसमी तरकारी खेतीबारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस(प्लाष्टिक हाउसभित्र तरकारी लगाउन सिकाएपछि मुनदेबी लगायत अन्य कृषकले हिजो आज तरकारी खेती गर्दै आइरहेका छन् ।

तरकारीको भाउ पाउने ग्रिनहाउसमा आएर प्रति मुठासागको १० देखी २० रुपैयां मूल्य पाउँदा घरमा बिहान बेलुका हरीयो तरकारी समेत खान पाउँदा तरकारी तर्फ आकर्षित भएको उनले बताइन्।  उनले भनिन् , ‘बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चालाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु’। उनले टनेल घरमा गोलभेंडा, फर्सी, रायो, सुईसाग फर्सी, लगायतका तरकारी लगाएकी छिन्।

तरकारी खेतीबाट वर्षमा  माशिक १५,२० हजारसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको  भनाई छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । 

काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानहरुको भनाई छ । 

बिशेष गरी सस्थाको कार्यक्षेत्र अन्तरगत समुदायमा गठन गरीएको समुहबाट छनोट परेका गरिब,अपांगता ,एकल महिला,पिछडिएका बर्षहरुको आयआर्जन गर्नको लागि विगत लामो समयदेखी शिक्षा,स्वास्थ्य रोजगा,आयआर्जनको लागि विभिन्न तालिम गोष्टी लगायतका क्षेत्रमा शिक्षा दिँदै आएको ग्रामीण सामुदायिक संस्थाका प्रमुख बासु सावलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार