मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान सरकारको प्राथमिकता’

Ujyalosandeshonline 12457+ समाचार ( )
१६ असार २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ शनिबार मनाउन लागिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा उनले शुभकामना दिँदै जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा नकारात्मक असर परिरहेको बताए । खाद्यबालीमा परेको यस्तो नकारात्मक असरको न्यूनीकरण गर्न सरकारले प्राथमिकता दिएको भनाई प्रधानमन्त्री दाहालको छ ।  

दाहालले भनेका छन्, ‘जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ।’ 

सरकारले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीति लिएको समेत जारी विज्ञप्तिमा उल्लेख छ । 

जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व रहेको बताएका दाहालले आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बढ्दै गइरहेको र त्यसलाई कम गर्न विशेष कार्यक्रमहरु गरिरहेको बताएका छन् । 

‘यस परनिर्भरतालाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, सिंचाइ सुविधा र प्रविधिको विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरूमा प्राथमिकता दिएको छ’ विज्ञप्तिमा भनिएको छ । 

उल्लेखित सरकारका कार्यक्रमको कार्यान्वयनबाट धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि एवं धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास प्रधानमन्त्री दाहालको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार