मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा सीमामा कडाइ गर्न निर्देशन

Ujyalosandeshonline 12321+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइ गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सीमामा तैनाथ युनिट कमाण्डरहरुलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

महानिरीक्षक अर्यालले सीमा सुरक्षामा खटिने सबै कमाण्डरहरुलाई जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्ड कायम राख्न निर्देशन दिए । सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले सुक्ष्म निगरानी गरिरहेको बताउँदै उनले कुनै कमीकमजोरी देखिए वा शंका लागेमा सम्बन्धित कमाण्डर नै छानबिन र कारबाहीको भागिदार बन्ने चेतावनी दिए ।

असल कार्यका लागि मुख्यालयको आदेश पर्खनु नपर्ने भन्दै अर्यालले हरेक कमाण्डरलाई मुलुक, जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पारे । उनले सीमामा कार्यरत सुरक्षाकर्मीलाई आचरणविपरीत कार्य गर्नेमाथि कठोर बन्न र शंकास्पद व्यक्तिहरुलाई विशेष निगरानीमा राख्न पनि निर्देशन दिएका छन् ।

कार्यक्रममा सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगरले सीमा अपराध रोकथामका लागि सरोकारवाला निकाय र स्थानीय बासिन्दासँगको समन्वय र सहकार्यमा जोड दिए । उनले सीमासम्बन्धी अभिलेखीकरण र त्यसका विविध पक्षबारे सबै तहका कमाण्डर जानकार हुनुपर्ने बताए । भर्चुअल बैठकमा सीमास्थित बाहिनी मुख्यालय, गण, गुल्म तथा बीओपीका कमाण्डरहरुले सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार