मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

Ujyalosandeshonline 12490+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् । 

उनले भने, ‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छाँै ।’उनले नेपाली कांग्रेस सधै वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले पार्टीको महिमा बढाउने बताए । 

‘नेपाली कांग्रेस सधै वर्तमानमा छ । विगतको मात्रै इतिहास रटेर हुँदैन भन्ने भाष्यमा म सहमत छैन । २००७ सालमा हामी त्यसकै वर्तमानमा थियौँ, ३० वर्ष निरकुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौँ । ०६२÷६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियाँै र आज पनि आजैको वर्तमानमा छौँ तर पार्टीको फाउन्डेसन विर्सिनुभयो भने गति पाउनुहुन्न् । तपाईं र अहिले जन्मिएको पार्टी र नेपाली कांग्रेस पार्टीको अन्तर के हो भन्न सक्नुपर्छ,’उनले भने । नेता सिटौलाले एकीकृत केन्द्रित एकात्मक निरङ्कुश सामन्ति व्यवस्था फाल्न सफल भए पनि एकात्मक निरङ्कुश सामन्ति संस्कारको अन्त्य गर्न नसकेको बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार