मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

मुख्यमन्त्री सिंहले दिए बरहथवाका ११ अस्पताल बन्द गर्न निर्देशन

Ujyalosandeshonline 12552+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

जनकपुर । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्ने निर्देशन दिएका छन् । 

बन्द गर्न निर्देशन दिइएका स्वास्थ्यसंस्थामा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् । 

बुधबार अबेर साँझ बरहथवास्थित स्वास्थ्य संस्थाहरूको अनुगमनक्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधानविपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । 

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।

यसअघि मुख्यमन्त्री सिँहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका ठाउँमा स्वास्थ्यसंस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार