मुख्य समाचार
रुपन्देहीको बाल सुधारगृहमा अनुगमन | अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने | तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा |

मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा

Ujyalosandeshonline 11187+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार

मर्चवार । रुपन्देहीको दक्षिण-पश्चिमी क्षेत्र मर्चवारका प्रमुख व्यापारिक चोक तथा अर्बौँको लगानीमा निर्मित सिँचाइका नहरहरू पछिल्लो समय फोहोर फाल्ने 'डम्पिङ साइट' मा परिणत हुन थालेका छन्। कोटहीमाई, मर्चवारीमाई र सम्मरीमाई गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा फोहोर थुपारिँदा एकातिर दुर्गन्धले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ भने अर्कोतर्फ सिँचाइ संरचनाहरू समेत कुरूप र अवरुद्ध बन्दै गएका छन्।

विशेषगरी कोटहीमाई-७ को परसहवा, मर्चवारीमाईका बगौली, अमवा र रायपुर चोक तथा सम्मरीमाईका बेतकुइयाँ र जिगिना चोकहरूमा व्यवसायी तथा सर्वसाधारणले घर र पसलबाट निस्कने फोहोर सिधै सडक र नहरमा फाल्ने गरेका छन्। यसरी जथाभावी फालिएको फोहोर, विशेषगरी प्लास्टिकजन्य पदार्थका कारण मर्चवार लिफ्ट सिँचाइका नहरहरू पूर्ण रूपमा जाम हुन थालेका छन्।

मर्चवारीमाई-३ का स्थानीय बासिन्दा दीपचन्द यादव नागरिक सचेतनाको कमी र स्थानीय सरकारको उदासीनताका कारण यो समस्या विकराल बन्दै गएको बताउनुहुन्छ। "अहिले त यो सामान्य फोहोर जस्तो देखिएको छ, तर समयमै व्यवस्थापन नगर्ने हो भने यसले भविष्यमा ठूलो संकट निम्त्याउने निश्चित छ," यादवले चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार प्लास्टिक नजल्ने र नगल्ने भएकाले यसले माटोको उर्वराशक्ति नष्ट गर्नुका साथै संक्रमण फैलाउन मद्दत गरिरहेको छ। उहाँले स्थानीय सरकारले कुहिने र नकुहिने फोहोर छुट्याउने एकीकृत प्रणाली र कडा कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य विज्ञहरूले पनि यो अवस्थालाई 'पर्खिएको महामारी' को रूपमा चित्रण गरेका छन्। मर्चवारीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन शाहका अनुसार सार्वजनिक स्थानमा थुप्रिएको फोहोर लामखुट्टे र अन्य कीटहरूको प्रमुख प्रजनन केन्द्र बनेको छ। "फोहोरका कारण हैजा, टाइफाइड र मौसमी ज्वरो जस्ता संक्रामक रोगहरू कुनै पनि बेला महामारीको रूपमा फैलिन सक्छन्," शाहले चेतावनी दिनुभयो।

वातावरणीय दृष्टिले पनि यो समस्या भयावह बन्दै गएको छ। कोटहीमाई गाउँपालिकाका वास (WASH) संयोजक अजय सिंह क्षेत्रीका अनुसार प्लास्टिकजन्य फोहोरले माटोको गुणस्तर बिगार्नुका साथै बोटबिरुवाको वृद्धिमा अवरोध पुर्‍याएको छ। उहाँले जनप्रतिनिधिहरूले सरसफाइलाई केवल चुनावी नारा मात्र नबनाई व्यावहारिक प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यद्यपि, पछिल्लो समय केही नीतिगत सुधारका प्रयासहरू भने सुरु हुन थालेको उहाँको भनाइ छ।

आर्थिक रूपमा पनि यो लापरवाही स्थानीयका लागि महँगो सावित भइरहेको छ। मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार व्यवसायीहरूले नहरलाई फोहोर फाल्ने थलो बनाउँदा संस्थाले वर्षेनी १५ लाख रुपैयाँभन्दा बढी रकम नहर सफाइमा मात्रै खर्चिनुपरेको छ।

नहर जाम हुँदा किसानका खेतमा समयमै पानी पुग्न नसक्दा समग्र कृषि उत्पादनमा समेत ह्रास आउने जोखिम बढेको छ।विज्ञहरूका अनुसार मर्चवारलाई सफा र स्वस्थ बनाउन केवल सरकारी प्रयास मात्र पर्याप्त छैन। नागरिक स्तरमा 'आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने' चेतना र स्थानीय प्रशासनको कडा अनुगमन भएमा मात्र यो प्राचीन र उर्वर भूमिलाई वातावरणीय संकटबाट जोगाउन सकिने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार