मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

हिमाली जिल्ला औलोको उच्च जोखिममा

Ujyalosandeshonline 11005+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरु औलोको उच्च जोखिममा रहेका छन् । कर्णालीका दश जिल्लामध्ये हिमाली जिल्ला हुम्ला औलो रोगको उच्च जोखिममा रहेको हुन् । त्यस्तै कालीकोट, दैलेख र सुर्खेत औलोको जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल  आचार्यले जानकारी दिए । 

हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएकोले हुम्ला जिल्ला उच्च जोखिममा रहेको उनले भताए । चालू आर्थिक वर्षमा कर्णालीमा ३८ जना औलोको बिरामी पत्ता लागेको र हुम्लामा भेटिएका एक जना बाहेक अरु आयातित बिरामी भएको आचार्यले बताए । 

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा १ जना औलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए । ‘३७ जना आयतित औलो रोगमा बिरामी भेटिएका छन्,’उनले भने,‘एक जनामा स्थानीय औलोका बिरामी भेटिएका हुन् ।’ 

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी रहेको आचार्यले बताए ।

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिए । 

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नंं २, ३ र ४ रहेको छन् । न्युन जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नंं. ८, सोरु गाउँपालिका वडा नंं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं.३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार