मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विशेष अभियानका लागि रुपन्देही कांग्रेसले खटायो प्रतिनिधि

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले सय दिने विषेश राष्ट्रिय अभियानका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वडा सभापति तथा कार्यसमिति सँग समन्वय र परामर्श गरी प्रतिवेदन तयार पार्न प्रतिनिधि खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनिधि खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

उनका अनुसार आगामी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ बटै वडामा प्रतिनिधि खटाइएको छ । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए ।

प्रतिनिधिहरुले वडा भेला, अन्तरक्रिया गर्ने, कार्यसमिति पूर्ण नभएको भए बिधान बमोजिम गर्न लगाउने, नियमित बैठक बस्न लगाउने, पार्टी संगठन, क्रियाशिल सदस्यता नवीकरण प्रक्रिया के–कस्तो भएको छ ?, उक्त वडामा अन्य पार्टीको अवस्था, जनप्रतिनिधि र पार्टीबीचको समन्वय जस्ता विषयहरु समेटेर प्रतिवेदन तयार पार्ने रुपन्देही कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार