मुख्य समाचार
भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले | सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न | भन्सार छली गरी कावासोतीतर्फ लगिँदै गरेका सामान र दुई पिकअप गाडी प्रहरी नियन्त्रणमा | गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको ध्यान छः मुख्यमन्त्री आचार्य | गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता |

सौर्य एयरलाइन्स दुर्घटनाबारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छः मन्त्री पाण्डे

Ujyalosandeshonline 12730+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए । 

उनले भने, ‘यस घटनाको बारेमा धेरै प्रश्नहरु उठेको छ । समिति बनाएपनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्याहरु आएको भन्ने कुरा छ । यही प्रश्नहरुको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पु¥याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्ने नै छौं । त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौं ।’

यस्तै, उनले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिए । उनले भने, ‘हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय कारण, मानविय त्रुटी के हो त्यसको बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था छैन् । यसबारेमा अध्यन गर्नको लागि मन्त्रिपरिषद्को बैठकले अध्यन समिति बनाएको छ । ४५ दिनभित्र त्यो समितिले प्रतिवेदन दिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार