मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

लालबकैया र बागमती नदीमा जल सतह बढेपछि जोखिम

Ujyalosandeshonline 8908+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

रौतहट । अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ । यहाँको मुख्य नदी पूर्वी भागमा  बागमती  र पश्चिमी भागमा  लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ । 

आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको हो । यहाँको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र  कटहरिया नगरपालिका बाढीको उच्च जोखिममा छ । 

जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । बिपद् प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको उनले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई विपद् पूर्व तयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन  अनुरोध गरिएको छ  । अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकाश  व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार