मुख्य समाचार
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह |

नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ

Ujyalosandeshonline 12346+ समाचार ( )
३ अशोज २०८३, शनिबार

भैरहवा । नेपालको सीमा नाका हुँदै भारततर्फ भइरहेको अवैध तस्करीको अर्को प्रमाण बाहिर आएको छ। नेपालबाट गैरकानुनी रूपमा लगिँदै गरेको १५१ बोरा फर्सीको बीउ र टाटा ट्रकसहित दुई जनालाई सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। विशेष सुराकीका आधारमा भारतको नौतनवास्थित चन्डीथान टोल प्लाजा नजिकै ६६ औँ वाहिनी एसएसबीको टोलीले सोनौलीबाट आउँदै गरेको ट्रकलाई घेराबन्दी गरी पक्राउ गरेको हो।

जाँचका क्रममा वैध कागजात नभेटिएपछि भारतको बस्ती जिल्ला निवासी चालक सचिन चौधरी र अरबिन्द चौधरीलाई हिरासतमा लिइएको छ। अनुसन्धान अनुसार उक्त ट्रक कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरी रूपन्देहीको बेलहिया नाका हुँदै पुनः भारत फर्किएको थियो, जहाँ सोनौलीमा एक नेपाली चालकले उनीहरूलाई ट्रक सुम्पिएका थिए। कडा सुरक्षा जाँचका बाबजुद दुवै देशका नाकाबाट तस्करीको ट्रक सहजै पार हुनुले सुरक्षा निकायको लापरवाही वा मिलेमतोको आशङ्का जन्माएको छ। बरामद सामान र अभियुक्तहरूलाई थप कानुनी कारबाहीका लागि नौतनवा कस्टम कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार