मुख्य समाचार
भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै | मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु | राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान | बाढीपीडितको राहतका लागि सम्मरीमाईका कर्मचारीद्वारा दुई दिनको तलब सहयोग | बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ | मृत माछामासु सेवन नगर्न अपिल |

चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12171+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका-१७, चौघेरास्थित ऐतिहासिक सिद्धरत्ननाथ मठको संरक्षण र विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्ने बताउनुभएको छ । जनै पूर्णिमा (रक्षाबन्धन) का अवसरमा गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा रोट प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री आचार्यले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको धर्मशालाको समेत अनुगमन गर्नुभयो । धर्मशाला निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले निर्धारित लक्ष्य र उद्देश्यअनुसार निर्माणको काम अघि बढाएर पूर्णता दिइने बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गर्नुभयो । पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन र अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिद्धरत्ननाथ मठमा ऐतिहासिक धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष जनै पूर्णिमाका अवसरमा महाभण्डारा तथा रोट प्रसाद ग्रहण कार्यक्रम आयोजना हुँदै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पनि मठ परिसरमा धार्मिक कार्यक्रम तथा महाभण्डारा आयोजना गरिएको हो । कार्यक्रममा मठका महन्त योगी सुरतनाथ, मठाध्यक्ष पीर योगी ज्ञाननाथलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार