मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


एसपी क्षेत्रीको ‘कमाण्ड’ मा रुपन्देही प्रहरीको आक्रामक सुधार : अपराध अनुसन्धान र राजश्व संकलनमा उल्लेख्य सफलता

विवेक विश्वकर्मा 26+ समाचार ( )
४ माघ २०८२, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८२-०८३ को पौष महिनामा शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजश्व चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले कमाण्ड सम्हालेयता रुपन्देहीको सुरक्षा व्यवस्था सुदृढ हुनुका साथै प्रहरी संगठनभित्रको आन्तरिक शुद्धीकरण र नागरिक सेवा प्रवाहमा देखिने गरी सुधार आएको हो ।

कार्यालयले सार्वजनिक गरेको पौष महिनाको प्रगति विवरण अनुसार यस अवधिमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको देखिन्छ । एक महिनाको छोटो अवधिमा मात्रै विभिन्न अपराधमा संलग्न १४३ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ भने अदालतको फैसला कार्यान्वयन तर्फ ४४ जना फरार प्रतिवादी पक्राउ गरी ३८ लाख २६ हजार ८ सय ५० रुपैयाँ जरिवाना असुल उपर भएको छ । पौष महिनामा मात्रै रुपन्देहीमा चोरी, आत्महत्या, लागुऔषध र सामाजिक अपराध लगायतका कुल १४० वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले विशेष सुराकी र अपरेसन मार्फत २१ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्नुका साथै ब्राउन सुगर, गाँजा र निषेधित ट्याब्लेटहरू ठूलो मात्रामा बरामद गरेको छ ।

गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा पनि रुपन्देही प्रहरीले उच्च तदारुकता देखाएको छ । विशेषगरी रुपन्देहीमा भएको इसान शर्माको ‘हिट एण्ड रन’ घटनामा संलग्न सवारी र चालकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ भने मायादेवी गाउँपालिकामा भएको छोटुराम हरिजनको कर्तव्य ज्यान मुद्दामा संलग्न निजकै परिवारका सदस्यहरूलाई कानुनी दायरामा ल्याएर प्रहरीले अनुसन्धानमा अब्बलता पुष्टि गरेको छ । यसैगरी, हतियार देखाएर लुटपाट गर्ने संगठित गिरोहलाई हतियारसहित पक्राउ गरी डकैती र जवरजस्ती करणी जस्ता जघन्य अपराधको सफल अनुसन्धान गरिएको छ । साथै, बेलहिया नाकाबाट नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प र होलोग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरी नक्कली प्रमाणपत्रको ¥याकेट नै भत्काउन प्रहरी सफल भएको छ ।

एसपी प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा रुपन्देही प्रहरीले भन्सार छली र तस्करी विरुद्ध कठोर नीति अख्तियार गरेको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै हुने तस्करी नियन्त्रणमा निर्मम बनेको प्रहरीले पौष महिनामा मात्रै ९२ लाख १२ हजार २२० रुपैयाँ बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको श्रावणदेखि पौष मसान्तसम्म आइपुग्दा प्रहरीले कुल ९ करोड ६६ लाख २६ हजार १८३ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी राजश्व संकलनमा टेवा पु¥याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । प्रहरीको यो सक्रियताले ठूला तस्करहरू निरुत्साहित भएका छन् भने साना तथा ‘झोलेपोके’ तस्करहरू पनि नियन्त्रणमा आएका छन् ।

संगठनको आन्तरिक सुधारका लागि एसपी क्षेत्रीले अपनाएको शैलीको यतिबेला जिल्लामा चर्चा छ । उनी आफैं सादा पोसाकमा गम्छा बेरेर सीमा नाका र गाउँहरूको अनुगमनमा निस्कने गरेका छन्, जसले गर्दा मातहतका प्रहरी कर्मचारी र तस्करहरू दुवै सचेत बनेका छन् । उनले घुसपैठ र आर्थिक प्रलोभनमा पर्ने शंकास्पद प्रहरी इन्चार्जहरूलाई तत्काल कारबाहीको दायरामा ल्याई हेरफेर गरेपछि सीमा क्षेत्रका प्रहरी युनिटहरूमा समेत आर्थिक पारदर्शिता कायम भएको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका अलावा प्रहरीले नागरिक मैत्री सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । सेवाग्राहीको सहजताका लागि कार्यालयको मूलद्वारमै निवेदनको ढाँचासहितको ‘क्यूआर कोड’ राखिएको छ भने निवेदन लेख्न नसक्नेहरूका लागि निःशुल्क लेखन सहायता उपलब्ध गराइएको छ । पौष महिनामा महिला तथा बालबालिका सम्बन्धी ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा ४२ वटा मिलापत्र गराइएको छ भने हराएका ८७ जना मध्ये ३५ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय र समुदाय स्तरमा १८ सय भन्दा बढी विद्यार्थी र करिब ३ हजार नागरिकलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराध विरुद्ध सचेतना जगाउने कार्य सम्पन्न भएको छ । कारागारका कैदीबन्दीहरूको स्वास्थ्य शिविर सञ्चालनदेखि सार्वजनिक सुनुवाइ जस्ता रचनात्मक कार्यले प्रहरीप्रति जनविश्वास बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार