मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

लागूऔषधसहित एकजना पक्राउ

Ujyalosandeshonline 12552+ समाचार ( )
५ पौष २०८०, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका–४ का २१ वर्षिय गोपी किसन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंककलोनीमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।

‘निगरानी गर्ने क्रममा शंकास्पद रुपमा फेला पारेपछि मर्चवारी–४ का गोपी किसन चौधरीलाई सोधपुछ तथा चौधरीको शरीर समेत खानतलासी गर्दा उनले लगाएको ज्याकेटको बाँयातर्फको भित्री खल्तीमा लागूऔधष ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ११ वटा पुरिया फेला परेको थियो, ’डीएसपी भट्टले भने । ११ वटा पुरिया एकै ठाउँमा मिसाई तौल गर्दा १६ ग्राम ३ सय मिलीग्राम बरामद गरी चौधरीमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार