मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मर्चवार संचार सहकारीको पुँजी १ करोड ३३ लाख

Ujyalosandeshonline 12547+ समाचार ( )
२० माघ २०८१, आइतबार

मर्चवार । श्री मर्चवार संचार सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ स्थित मार्यादपुर संस्थाको कार्यालयमा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अशोक कुमार जयसवालले संस्था १ करोड ३३ लाख ३ सय ९७ रुपैया पूँजी बनाउन सफल भएको बताए ।

संस्थामा १० लाख ३६ हजार शेयरपूँजी रहेको उनले जानकारी दिए । संस्थामा ९७ हजार ९ सय १२ रुपैयाँको स्थिर सम्पत्तिसहित संस्थाबाट विभिन्न शेयर सदस्यहरुलाई ८९ लाख ५८ हजार ७ सय ८० रुपैयाँ विभिन्न शिर्षकमा ऋण लगानी गरिएको उनले बताए । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न किसिमको बचतबाट ५८ लाख ९९ हजार १७९ रुपैया बचत संकलन गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले सहकारीले सबैलाई टेवा पुर्याएको बताए । सहकारीको इतिहासबारे चर्चा गर्दै गरीब परिवारमा सहकारीको भूमिका उच्च रहेको उनले बताए । ठूला साहु महाजनबाट छुटकारा पाउन न्यून आय भएका सामान्य परिवार सहज रुपमा कर्जा सहकारी दिएकोले सहकारी न्यून आय भएका परिवारको लागि आर्थिक क्रान्ति गर्ने माध्यम रहेको बताए । 

सांसद् खाँले मर्चवार क्षेत्रमा विकासको क्रान्ति ल्याउन विभिन्न काम गरेको बताए । भौतिक विकासमा पछाडी परेको मर्चवार क्षेत्रमा आफ्नो कार्यकालको चर्चा गर्दै मर्चवार क्षेत्रमा अब बजेटको अभावले विकास निर्माण कार्य नरोकिने उनले दावी गरे ।गंगाराम गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, श्री धनलक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमरनाथ यादव, कोटहीमाई गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य इसराक अहमद खान लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार