मुख्य समाचार
मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर |

सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : सभापति लामिछाने

Ujyalosandeshonline 11504+ समाचार ( )
३० जेठ २०८१, बुधवार

काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको ठोकुवा गरेका छन् ।

उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए । 

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा सभापति लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन । तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । देशमा । म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन् ।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको बताएका लामिछानेले आफ्नो समयमा डा.भट्टराईले आफ्नो पद् र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदारहण भएको बताए ।

वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे ।

यस्तै, लामिछानेले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन् । तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन । अब जनताले दुःख पाउने होइन्, नेताले दुःख पाउनुपर्यो ।’ उनले थपे, ‘नागरिकलाई दुःख नदिइ हामीले गर्नुपर्ने परिवर्तनका लागि तयार छौं ।’

उनले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए । उनले व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे ।  लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे । 

उनले भने, ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं । नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार