मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

मुगुको महांकालीबाट शुभारम्भ भयो एचपीभी खोप अभियान

Ujyalosandeshonline 11042+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान मुगुमा पनि सुरुवात भएको छ । देशभर माघ २२ गते देखि फागुन ६ गते सम्म सन्चालन हुर्ने खोप सदरमुकाम गमगढीमा रहेको खोप केन्द्र महाकाली उच्च माध्यामिक विद्यालयबाट सुरु गरिएको हो । कार्यक्रम चारवटै पालिकामा संचालन गरिनेछ ।

अभियान जिल्लाका चारै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यानरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी खोप सञ्चालन हुनेछ । पहिलो दिन गमगढी बजारमा रहेका महामाली उच्च माध्यामिक विद्यालयबाट सुरु भएको हो । खोपले बच्चाहरुको मृत्यू दर संकेत कम गराउने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

डाक्टर नगरकोटीका भने, ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको र निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका  छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिकाहरूलाई बिद्यालयमा रहेको खेप केन्द्रमा पाठेघर मुखको क्यान्सर बिरूद्दको खोप लगाइने छ ।’

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सन्चारकर्मीहरूलगायत सरोकारवाला पक्षलाई अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरे । एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

खोप केन्द्रमा भिडभाड हुर्ने अबस्थालाई मध्य नजर राख्दै अपागंता, असायहरुलाई प्राथमिकता दिंदै गोपनियताको ख्याल राख्दै संचालन गर्न र गराउनका लागि स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन । अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ सहभागी हुन सरेकारवाला सबैले सहयोग गरी दिनहुन समेत जिल्ला अस्पताल मुगुका अस्पताल बिकास समितीका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अनुरोध गरे । 

खोप निकै महत्वपूर्ण भएको हुनाले पहिलो पटक नेपालमा किशोरीहरुको पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान भएकाले पालिकाभित्र रहेका सबै विद्यालय र स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुले कुनैपनि किशोरीहरुले खोपबाट बन्चित नहुनेगरी खोप लगाउन छाँयानाथ रारा नगरपालिकाम नगर प्रमुख बिस्नु कुमार भामले आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै