मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित

Ujyalosandeshonline 11768+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् ।

यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाईसकेका उनीहरूले चरणवद्धरुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् । 

मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन नागरिकको  हैसियतले आफूहरूले पहल थालेको संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए । 

करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएकोप्रति स्थानीयबासी आक्रोसित छन् । मेलम्चीको पानी गत वर्षामा बाढीले क्षति पु¥याएपछि काठमाडौंमा झरेको छैन । 

आयोजनाको पहिलो चरणको काम सकिएपछि ०७७ सालमा काठमाडौंमा पानी आएको थियो । अहिलेसम्म आयोजनाको सम्पूर्ण काम समेत पूरा भइसकेको छैन भने मेलम्चीबाट ल्याइएको पानीसमेत निरन्तर छैन । वर्षेनि बाढीका कारण आयोजनामा क्षति हुने बित्तिकै लामो समयसम्म पानी बन्द हुने गरेको छ । 

काठमाडौंको कोटेश्वर क्षेत्रका बासिन्दाले चरणवद्ध रुपमा सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम गरिरहेका छन् । सोमबारदेखि सडकमा उत्रिएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने संघर्ष समितिको तयारी छ । यसअघि काठमाडौंमा नेकपा एमालेले पनि मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन दबाबस्वरुप सडकमा प्रदर्शन गरेको थियो ।

नागरिकहरूले भने १२ मंसिरमा खानेपानी मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले यथासिघ्र आयोजनाको मर्मत गरी पानी ल्याउने बचन दिएपनि अहिलेसम्म काम अघि बढेको छैन । शुक्रबार आयोजनास्थल पुगेर फर्किएका सांसद प्रदीप पौडेलले आयोजना स्थलमा धेरै काम नभएपनि सरकारको चासो कम देखिएको भनेका थिए । स्थानीयबासीहरूले भने सरकारले अटेरी गरेपछि आफूहरू थप संघर्षका कार्यक्रम गर्न बाध्य बनेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार