मुख्य समाचार
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ | बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री | मर्चवार नाकाबाट व्यापक तस्करी, भारतीय सीमावर्ती क्षेत्रमा ४१ बोरा फर्सीको बीउ र पिकअप गाडी नियन्त्रणमा | पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा | भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ | मोवाइल व्यवसायीद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग | भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन | झोलुङ्गे पुल - बाजुरा | भोटेकोशीमा बाढीको जोखिम कायमै | गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार |

पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा

Ujyalosandeshonline 12185+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

नवलपुर (नवलपरासी)। रसुवाको गोसाइँकुण्डमा तीर्थयात्राका लागि जाने क्रममा बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिकाका नागरिक खोज्दै नगरप्रमुख विवश चिन्तन नवलपुरको अस्पताल आउनुभएको छ । पालुङटारबाट तीनवटा गाडी तीर्थयात्रामा गएको बखत ३८ जना सवार एउटा बस त्रिशूलीको बाढीमा परेको थियो । उक्त बसबाट छ जना नगरवासी जोगिएका भए पनि ३२ जना बेपत्ता भएका नगरप्रमुख चिन्तनले बताउनुभयो । त्रिशूली नदीबाट बेपत्ता भएका नागरिक खोज्दै शनिबार गोरखाको पालुङटारका नगरप्रमुख चिन्तन नवलपुरको विभिन्न अस्पतालमा पुगेको बताउनुभयो । 

“हाम्रो नगरपालिकाका जनता गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा दुईवटा इभी र एउटा बसमा जानुभएको थियो”, उहाँले भन्नुभयो, “एउटा इभी कट्न सफल भयो, अर्को फर्किएर आउन सफल भयो भने बसलाई बाढीले बगायो ।” बससँगै बेपत्ता हुनुभएका ३२ जनामध्ये ३० जना पालुङटारका र दुई जना उहाँहरूकै आफन्त भानु नगरपालिकाका रहनुभएको नगरप्रमुख चिन्तनले बताउनुभयो । “एउटै टोलबाट धेरै जना बेपत्ता हुनुभएको छ”, उहाँले भन्नुभयो, “धेरै जना बेपत्ता हुनुभएका नगरवासीको त खोज्ने जाने आफन्त पनि हुनुहुन्न, छोरीज्वाइँ आएर घर कुर्नुभएको छ ।” 

पालुङटारबाट बेपत्ता भएका ३२ जनामध्ये तीन जनाको शव नवलपुरमा भेटिएको उल्लेख गर्दै नगरप्रमुख चिन्तनले अझै २९ जनाको अवस्था थाहा पाउन नसकिएको बताउनुभयो । हराएका नगरवासीको खोजी गर्न नगरपालिकाको सम्पूर्ण स्रोतसाधन प्रयोग भएको भन्दै नगरप्रमुख चिन्तनले कतिपय ठाउँमा निजी क्षेत्रका सवारीसाधनसमेत प्रयोग गरिएको जानकारी दिनुभयो । नवलपुरतर्फ नारायणी नदीले बगाएर ल्याएको शव जिल्लाको विभिन्न अस्पतालमा राखिएको थाहा पाएपछि आफू नागरिकको खोजीका लागि आएको उहाँले बताउनुभयो । 

पालुङटारका नगरप्रमुख जस्तै विभिन्न जिल्लाबाट आफ्ना आफन्तको खोजी गर्न नवलपुरका विभिन्न अस्पतालमा पीडितका परिवार आउनुभएको छ । प्रहरीले सञ्चालन गरेको बेवारिसे शव पहिचान सम्बन्धमा सूचना एवं सहायता कक्षमा आफन्तको खोजीका लागि सम्पर्क गर्ने नागरिकको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । नाम टिपाउँदै शवहरूको फोटो हेरेर आफन्तको पहिचानका लागि अस्पतालमा भीड लागेको छ । 

यसैबीच, आफन्तहरूको खोजी तथा पहिचानका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा पुगेका पीडितहरूका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले निःशुल्क भोजनको व्यवस्था गरेको जनाएको छ । बाढीबाट मृत्युवरण गरेका नागरिकको शव पहिचान गर्न परिवारजन तथा आफन्तका लागि बिहान र बेलुकाको खाना तथा दिउँसोको खाजाको व्यवस्थापन गरिएको सङ्घका महासचिव वासुदेव गिरीले बताउनुभयो । अस्पतालको चमेनागृहमार्फत खाना खुवाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै