मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

Ujyalosandeshonline 12552+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

वीरगन्ज । वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ । तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।

गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।

अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै लिक भएको पाइपलाइनमा दूषित पानी मिसिनु नै संक्रमित बढ्नुको कारण हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, ‘विरामीले आवश्यक सावधानी नअपनाउँदा नयाँ संक्रमित थपिँदै गएका छन् भने निको भई घर फर्किएका विरामी समेत फेरि संक्रमित भएर अस्पताल भर्ना हुनुपरेको छ ।’

एक साता अघि नारायणी अस्पतालमा उपचार गराई घर फर्किएकी वीरगन्ज–१२ मुर्लीकी ३५ वर्षीया महिला फेरि झाडा–पखालाबाटै संक्रमित भई अस्पताल भर्ना भएको पनि उनले जानकारी दिए । पुनः संक्रमित भएकी महिलालाई अस्पतालको मेडिकल वार्डमा राखी उपचार भइरहेको छ ।

डा. सिंहका अनुसार नयाँ विरामी बढ्दै जानु र निको भएका विरामी समेत पुनः संक्रमित भई भर्ना हुनु गम्भीर चिन्ताको विषय हो । युवा पुस्ताको आन्दोलनका कारण वीरगन्जका कतिपय सरकारी कार्यालय तोडफोड भई सेवा प्रवाह रोकिएको अवस्थामा झाडा–पखालाका विरामी बढ्नु झन् चिन्ताजनक भएको उनको भनाई छ । वर्षा याममा नालाको सतह बढ्दा लिक भएका खानेपानी पाइपलाइनमा दूषित पानी मिसिने भएकाले झाडा–पखालाको प्रकोप बढ्ने गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार