मुख्य समाचार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा |

कालीगण्डकीमा खसेर बालक बेपत्ता

Ujyalosandeshonline 12562+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा खसेर आज एक जना बालक बेपत्ता भएका छन् । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा छ वर्षीय प्रियान्सु साहानी कालीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेशकुमार मल्लसँगै बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु बेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहानीले जानकारी गराएका थिए  । 

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालीपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली वेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन् । म्याग्दीका साथै पर्वतस्थित कालीगण्डकी नदी किनारमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार