मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

कालीगण्डकीमा खसेर बालक बेपत्ता

Ujyalosandeshonline 12196+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा खसेर आज एक जना बालक बेपत्ता भएका छन् । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा छ वर्षीय प्रियान्सु साहानी कालीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेशकुमार मल्लसँगै बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु बेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहानीले जानकारी गराएका थिए  । 

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालीपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली वेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन् । म्याग्दीका साथै पर्वतस्थित कालीगण्डकी नदी किनारमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार