मुख्य समाचार
‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’ | सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन | परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... |

गृहमा रिजल्ट देखाउन लामिछानेको जोडबल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशन

Ujyalosandeshonline 2607+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत् गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । 

मन्त्री लामिछानेले ९० दिनमा मन्त्रालयका हरेक सूचकहरूमाथि माथि उठाउन निर्देशन दिएका छन् । ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशनको पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,’ उनले भनेका छन् । 

मन्त्री लामिछानेले गृह मन्त्रालयले काम गर्न सक्यो भने नागरिकले सरकार छ भनेर अनुभूति गर्ने भएकाले पनि मातहतका निकायले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । ‘यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं । समाज बस्न लायक हुँदैन, सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ,’ उनले भनेका छन्, ‘अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।’

उनले आफ्नो निर्देशनमात्रै भन्दा पनि टिमको सदस्यकारुपमा योजनाबद्ध र प्रभावकारी काम गर्न चाहेको बताएका थिए । ‘समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईहरु चिन्दै हुनुहुन्छ भने सुधारमा केही समस्या हुदैन । मेरोतर्फबाट कानून पालना गर्ने पूणर्अधिकार तपाईलाई छ,’ उनले भने, ‘कानूनको पूणर् कार्यान्वयन गर्नुहोस् । कानूनभन्दा माथि कोही पनि हुन सक्दैन ।’

उनले गृह मन्त्रालयमा नेतृत्व फेरिएको महसुस नागरिक तत्कालै पाउनुपर्नेमा जोड दिए । ‘गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु,’ उनले भनेका छन्, ‘नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।’

उनले निषेधित क्षेत्र घोषणाले लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् । ‘सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूणर् विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन ।  अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्,’ उनले भने, ‘होइन उनीहरुले प्रमाणित र तथ्यपूणर् कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार