मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

देशभरका थारू समुदायका प्रतिनिधि सुनसरीमा भेला हुँदै

Ujyalosandeshonline 12461+ समाचार ( )
२१ माघ २०८०, आइतबार

विराटनगर । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् ।

हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो ।

सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए ।

सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । 

उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणको अभियानतालाई सम्मान गर्ने कार्यक्रम छ । 

सम्मेलनमा मानक थारू भाषाको कार्यान्वयन पक्षबारे कार्यपत्र प्रस्तुत हुनेछ । थारू समुदायको इतिहास, धर्म र संस्कृतिबारेको विज्ञसँग छलफल हुने जनाइएको छ । 

२०७८ को जनगणनाअनुसार नेपालमा १८ लाखको हाराहारीमा थारू समुदायको बसोवास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार