मुख्य समाचार
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने | बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु | वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय | भेटनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनामाथि आरोपपत्र दायर | मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन | सबैभन्दा बढी वर्षा रौतहटमा | राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल | आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा | बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध |

रुपन्देहीमा चोरी तथा लुटपाट गरिएका सामान खरिद नगर्न प्रहरीको आग्रह, कारवाही गर्ने चेतावनी

Ujyalosandeshonline 11930+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा चोरी तथा लुटपाट भएका सरकारी तथा निजी सामानहरू खरिद नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरीले त्यस्ता सामानहरूको खरिद वा सञ्चय गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, पसल लगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नुअघि त्यहाँ रहेका महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरिएको जानकारी दिएको छ। लुटिएका सामानहरू बजारमा किनबेच नगर्न सबैलाई आग्रह गरेको छ।

प्रहरीले सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन र त्यस्ता सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन पनि अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिमा संलग्न समूहको सिसिटीभी फुटेज, तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाईहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं। तपाईहरूको गोपनीयता कायम रहनेछ।” यो आग्रहले प्रदर्शनका क्रममा भएको क्षति र लुटपाटलाई नियन्त्रण गर्न तथा दोषीहरूलाई कानुनको दायरामा ल्याउन प्रहरीको सक्रियता देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार