रेसुंगामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालनको तयारी

मनु सुनार 31+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

गुल्मी ।गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।

रेसुंगा संरक्षण समिति गुल्मीको आयोजनामा यहि साउन २६ गते देखि ३२ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरि अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । 

एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्व सन्ध्यामा श्रावण २५ गते सदरमुकाम तम्घासमा र्याली सहित बजार परिक्रमा गरिने कार्यक्रम रहेको अध्यक्ष भुसालले बताए  ।

महायज्ञमा प्रमुख कथा वाचकका रूपमा मठ जोगिनी बाडा बिकानेर राजस्थान भारतका योगी शम्भुनाथजी महाराज रहनुभएको अध्यक्ष भुसालले उल्लेख गरे ।  गत बैशाखमा सञ्चालन गरिएको महायज्ञले थप महायज्ञ सञ्चालनका लागि प्रेरणा मिलेको बताए ।

रेसुंगालाई उजागरका लागि विभिन्न काल समयमा महायज्ञ सञ्चालन हुँदै आएको बताए । बिशेष अनुष्ठानका माध्यम मार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको बताए ।

त्यसक्रममा धार्मिक पर्यटन वृद्धिका लागि महायज्ञको आयोजना गरिएको सचिव गोपाल पन्थीले बताए । उनले समाजमा पछिल्लो समयमा आचरण बिग्रिरहेको अवस्थामा सकरात्मक सोंचको विकासका लागि पनि यो महायज्ञले सघाउ पुर्याउने बताए ।

सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले रेसुंगालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान र धार्मिक पर्यटन भित्र्याउन संरक्षण समिति निरन्तर लागेको बताए । प्रचारप्रसारमा सहयोग गरि धार्मिक पर्यटन वृद्धिमा सहयोग पुर्याउन समेत उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा  कोषाध्यक्ष नेत्र बहादुर बस्नेत लगायत सल्लाहकारहरू लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार