मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

ज्येष्ठ नागरिकलाई सम्मान

जगीलाल थापा 30+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका- १ को कार्यालयले वडाका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ। जेष्ठ नागरिकहरुको आरोग्यता, दिर्घ जीवनका साथ मानव जातिका लागि जीवन प्रत्याशाको ऐतिहासिक जीवन उदाहरण र गौरव बन्न सफल भएको भन्दै ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई वडाले सम्मान गरेको हो।

जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जेष्ठ नागरिक भनेका इृतिहासका सांक्षी भएको र इतिहासको संरक्षण र पुस्ता हस्तान्तरण गर्नु हामी सबैको कर्तब्य र जिम्मेवारी भएको बिचार व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले जेष्ठ नागरिकहरुको सम्मान गर्नु नेपाली समाजको परम्परा र संस्कृति भएको उल्लेख गर्दै वडाले वडाका जेष्ठ नागरिकहरुलाई गरेको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने कुरा बताउनु भयो।

फरक प्रसंगमा बोल्दै उपाध्यक्ष थापा मगरले कञ्चनवासीले ५० औं बर्षदेखि अव्यबस्थित रुपमा जोतभोग गर्दै आइरहेको जग्गाको लालपुर्जा प्राप्तीको शुरुवात हुन लागेको र यतिबेला वडा नं. ५ बाट शुरुवात हुने अन्तिम तयारी भइरहेको समेत बताउनु भयो।

यस्तै वडा अध्यक्ष हरिनारायण थारुले जेष्ठ नागरिकलाई गरिने सम्मानले वहाँहरुको जीवनमा थप आरोग्यता र उर्जा थपिने उल्लेख गर्दै जीवनमा आउने उर्जाले मनमा शान्ति र एकाग्रता प्राप्ती हुने बिचार व्यक्त गर्नुभयो। जेष्ठ नागरिकहरुबाट प्राप्त हुने आशिरवाद तथा शुभ वचन नयाँ पुस्ता तथा सन्ततीहरुको प्रगती पथका लागि प्रोत्साहन र प्रेरणाको श्रोत बनाउन पनि वडाले जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रमको आयोजना गरिएको वडा अध्ययक्ष थारुले बताउनु भयो।

वडाका ९० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको कार्यक्रममा महिला बिकास निरीक्षक राधा भट्टराई, टोल बिकास संस्थाका प्रतिनीधि, जनप्रतिनीधिहरुले जष्ठ नागरिकहरुलाई सम्मान गर्नु भएको थियो। वडा कार्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा वडा सदस्य लेखा राहादीले स्वागत गर्नु भएको थियो भने वडा सचिव मधुकला घर्तिले सञ्चालन गर्नु भएको थियो। जेष्ठ नागरिकहरुलाई खादा ओढाई दिर्घायु र सु-स्वास्थ्यको कामना गर्दै पोषणयुक्त मह, फलफूल दिएर स(सम्मान गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार