मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

भारतको प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त

Ujyalosandeshonline 12547+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो । 

एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए । उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अब नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन् । उनको सपथ ग्रहण समारोह आगामी आइतबार हुने भएको छ । यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो ।

एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ । २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन् ।  यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनले हरेक पटक एनडीएमा आबद्ध दलहरुलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ । 

आइतबार हुने मोदीको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आतिथ्य ग्रहण गर्न जाने तय भएको छ । सपथग्रहणपछि प्रधानमन्त्री प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार