मुख्य समाचार
बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

क्यानले ग¥यो भूकम्प पीडितलाई २० लाख सहयोग

Ujyalosandeshonline 12077+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

शनिबार विहान नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो ।

सोही प्रतिवद्धता अनुसार प्रधानमन्त्री निवास वालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए ।

चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको घाउँमा मल्हम लगाउन सकिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार