मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एनआरएनए मलेसियाले खेलाडी परिवारलाई सहयोग गर्ने

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यू–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए ।

एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए ।  सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो । शनिबार इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।

घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको हो । एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको बताए । अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार