मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

Ujyalosandeshonline 12400+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए । 

‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प¥या पनि छैन् । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ’, प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भु–भाग हो भने । उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।  सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार