मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रहरी बढुवा योग्यतामा हुने व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । 

बिहीबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली,२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं । त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ । अरुले बहालमा रहँदा के गर्नुभयो त्यता फर्किन्न । म चाहिँ आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिन्छु ।’

सुरक्षा निकायहरुमा अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । केहीअघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन गरेका हुन् । उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार