मुख्य समाचार
मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा | घुससहित सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख यादव पक्राउ | अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री | नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता |

हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

Ujyalosandeshonline 11709+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । 

‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने । 

उनले परापुर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताए । ‘पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित् निकायले ध्यान दिनेनै छ भन्ने मैंले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थितरुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम  र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु’, राष्ट्रपति पौडेलले भने । 

सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाई गरिनु गौरवको विषय भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार