मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

रुपन्देहीमा २५ लाख बराबरको अवैध सामान बरामद, दुई जना पक्राउ

Ujyalosandeshonline 12463+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले अवैध रूपमा ढुवानी गरिएका भैंसी, पाडापाडी, युरिया मल, कपडा लगायतका सामानसहित सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रोहिणी गाउँपालिकाबाट बिलबिजक नभएका १० वटा भैंसी, पाडापाडी र दुईवटा बलेरो पिकअप गाडीसहित २१ लाख ३० हजार बराबरको सामान नियन्त्रणमा लिइएको छ । त्यसैगरी, कोटहीमाई, मर्चवार, भैरहवा लगायतका क्षेत्रबाट युरिया मल, बोइलर कुखुरा, रेडबुल र कपडा जस्ता अवैध सामान पनि बरामद गरिएको छ ।

यस क्रममा प्रहरीले तस्करीमा संलग्न रहेको आरोपमा सिद्धार्थनगरका प्रदीपकुमार धरिकार र अनिश धरिकारलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार