मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

केपी ओली कपमा सेमिफाइनलका दुई खेल आज

Ujyalosandeshonline 12490+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलका दुवै सेमिफाइनल खेल आज हुने भएका छन् । प्रतियोगिताका उद्घाटनसहित क्वाटरफाइनलसम्मका खेल एन्फा मैदान सातदोवाटोमा भएका थिए । तर, आजका दुवै सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

विहान साढे ११ बजे जावालाखेल युथ क्लब र एनआरटी पहिलो सेमिफाइनलमा भिड्ने छन् । जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै एनआरटीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।  

आजै दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि सुरुहुने छ । दोस्रो सेमिफाइनलमा मच्छिन्द्र क्लब र भारतका मानेभञ्ज्याङ एफसी आमने सामने हुने छन् ।  मच्छिन्द्रले विभागीय नेपाल पुलिस क्लबलाई ४–० तथा मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

आज भएका दुवै सेमिफाइनलका विजेताले १९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि विजेताले ११ लाख पाउँदा उप विजेता हुने टिमले ५ लाखमा चित्त बुझाउने छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार