मुख्य समाचार
गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक |

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले

Ujyalosandeshonline 11705+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरुले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् ।

आयोगका अनुसार, यी शुल्क असुलीविरुद्ध डेन्टल विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले भनिरहेका छन्, ‘शुल्क असुली रोक्न र व्यावहारिक तालिमको उचित व्यवस्था गर्न आयोगले समयमै कडा कदम चाल्नुपर्छ ।’डेन्टल कलेजका विद्यार्थीहरु यो समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्दै विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् । यस विषयमा आयोगले कलेजहरुमा निरीक्षण गर्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूका लागि ल्याब र बिरामी कलेजमा प्रयोगात्मक प्रशिक्षणको व्यवस्था कलेजहरूले गर्नुपर्ने निर्णय गरेको थियो । आयोगका अनुसार, डेन्टल अध्ययन गर्ने विद्यार्थीहरूले सम्बद्ध कलेजबाट Practical कार्यका लागि ल्याब र बिरामी कलेजका सुविधाहरूको उपयोग गर्नुपर्नेछ ।

विज्ञप्तिमा भनिएको छ , ‘श्री विश्वविद्यालय लगायतका सबै प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) अनुसार, ‘शिक्षण शुल्क’ का तहत सबै कलेजहरूले कलेजमा भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र परीक्षा शुल्क लिन सक्ने छन् ।यसैगरी, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान कार्यविधि, २०७९ को दफा १६ मा निःशुल्क अध्ययनको व्यवस्था भएका विद्यार्थीहरूको लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार