मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार

Ujyalosandeshonline 11768+ समाचार ( )
१० असार २०८१, आइतबार

काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । 

उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने । गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे । 

नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् । चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार