मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

सुरक्षा समिति बैठक : हवाइ उद्धार जारी राख्ने, सडक तत्काल खुलाइने

Ujyalosandeshonline 12611+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उद्धार र राहतको प्रगति विवरण बिफ्रिङ गरेका थिए । 

बैठकमा बाढी , पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल र समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।अहिले सम्म हवाई माध्यमबाट २५८ जनाको उद्धार गरेको जानकारी दिँदै उनले तीन जिल्लामा हवाई उद्धारको कार्य जारी रहेको जानकारी दिए । 

उनले भने, बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल गरेर त्यसको समिक्षा पनि गर्यौं ।  अहिलेसम्म हवाइ उद्धारबाट २५८ जना उद्धार भएको छ । मुलतः काभ्रे, सिन्धुपलाञ्चोक, ललितपुरमा हवाई माध्यमबाट उद्धार कार्य जारी राखिएको छ । रोशि खोलामा आएको पहिरोले अलपत्र परेका घाइते, बिरामी, अशक्तहरुलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ ।’ 

मुलुकका अन्य क्षेत्रमा समेत खोज, उद्धार र सडक व्यवस्थापनको कार्य रहेको उनले बताए । काठमाडौंसँग मुख्य सम्पर्क जोड्ने सडकहरु छिटो भन्दा छिटो खुलाउने विषयमा छलफल  भएको तिवारीले बताए । 

‘अन्य क्षेत्रमा समेत खोज र उद्धार कार्यलाई निरन्तरता दिइएको छ । काठमाडौंसँगको मुख्य सम्पर्क रहेको वीपी राजमार्ग धेरै नै विग्रिएको हुनाले सकेसम्म छिटो संचालन गर्नेगरि छलफल भएको छ,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार