मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

वन डढेलो नियन्त्रण गर्न अर्घाखाँचीमा 'मिनी दमकल' खरिद

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाका विभिन्न वन क्षेत्रमा बर्सेनि हुने डढेलो नियन्त्रण कार्यलाई थप प्रभावकारी र छिटो बनाउन डिभिजन वन कार्यालय अर्घाखाँचीले मिनी दमकल खरिद गरेको छ । जिल्लाका दुर्गम तथा अप्ठ्यारा भौगोलिक क्षेत्रमा हुने आगलागीलाई समयमै नियन्त्रणमा लिन र ठूला दमकल पुग्न नसक्ने स्थानसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले यो मिनी दमकल ल्याइएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका अनुसार यो मिनी दमकल साना, साँघुरा सडक तथा ग्रामीण भेगमा समेत सजिलै सञ्चालन गर्न सकिने प्रकृतिको छ। यसको प्रयोगबाट वन क्षेत्र, सामुदायिक वन तथा वनसँग जोडिएका मानव बस्तीहरूमा हुने आगलागीका घटनामा तत्कालै 'रेस्पोन्स' गर्न र क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय जलवायु परिवर्तन र अन्य कारणले वन क्षेत्रमा डढेलोका घटनाहरू बढिरहेका छन्।

यस्तो अवस्थामा मिनी दमकलको उपलब्धताले डढेलोबाट हुने वातावरणीय विनाश र जनधनको क्षति कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्। वन कार्यालयले यसअघि डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम र सुरक्षाकर्मी तथा स्थानीयको सहयोग लिँदै आएकोमा अब प्रविधिको प्रयोगले काम अझ सहज हुने बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार