मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

माधवजी विरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन् । शुक्रबार बसेको संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाए । 

उनले भनेमाधवजीको विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ । अदालतप्रति माधवजीले भरोसा छ । अदालतले न्याय गर्छ म छिटै सफाई पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । तर यसमा प्रधानमन्त्रीजीको राजनीति प्रतिशोधको गन्ध त आएको छ । र अख्तियारले पनि कतै न कतै गम्भिर प्रश्न जन्माएको छ ।’

त्यस्तै प्रतिपक्षदलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए । भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार