मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

वाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफलमा उनले राष्ट्रले धान्न सक्ने स्रोत र साधनभित्र रहेर आवश्यक सुधार गर्न प्रतिवद्ध रहेको बताए ।

उनले भने,‘नेपालको जेलमा पनि धेरै समस्या छन् । क्षमताभन्दा बढी कैदीहरु बस्नुपर्ने अवस्था छ । अनेक अप्ठराहरु छन् । कहिलेकाही गल्ती नगरेको मानिस पनि जेल जान्छ । गल्ती गरेकै कैदीहरुको पनि बालबच्चा हुन्छन । उनीहरुको भरणपोषणको सवाल हुन्छ । त्यसलाई कसरी श्रममा उपयोग गर्ने, म्यानपावरको कुरामा केके सुधार गर्न सकिन्छ । राष्ट्रले धान्न सक्ने स्रोत साधनभित्र रहेर जे जे जहाँ जहाँ सुधार गर्न सकिन्छ त्यसमा काम गर्नपर्छ । बाल सुधार गृहमा कारागारमा तथा नयाँ कारागारहरु निर्माण गने कुरामा निर्देशन अनुसार काम गर्न तयार हौं । कानुनी रुपमा केके गर्न सकिन्छ म गर्न तयार छु ।’ 

उनले कानुनमा सुधार गर्न समितिले निर्देशन दिए त्यसलाई लिएर अगाडि बढाउने बताए । उनले भने,‘आम जनाताले भोग्नुपरेका विभिन्न विषयहरुको कानुनमा कसरी सुधार गर्ने यो समितिले निर्देशन दिए त्यसलाई म एकदम अगाडि बढाउने छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार