मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देही प्रहरीको आक्रामक कारबाही : जघन्य अपराधदेखि नक्कली प्रमाणपत्र र तस्करीको जालो तोड्दै, एसपी क्षेत्रीको कमाण्डमा उल्लेख्य सफलता

Ujyalosandeshonline 12461+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

भैरहवा । रुपन्देही जिल्लामा प्रहरी प्रमुखका रूपमा एसपी प्रदिप बहादुर क्षेत्रीको आगमनसँगै अपराध अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । प्रहरीले पछिल्लो समय जघन्य हत्या, बैंकिङ कसुर, सरकारी छाप किर्ते र नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने गिरोहमाथि कडा कारबाही अगाडि बढाएको हो ।

प्रहरीले बुटवलमा घटेका दुई फरक जघन्य हत्या काण्डका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याएको छ । घरायसी विवादका कारण आफ्नै श्रीमती र दुई नाबालिका छोरीहरूलाई चक्कु तथा हथौडा प्रहार गरी बीभत्स हत्या गर्ने सुजन कोइराला र बुटवलको कालिकानगरमा ज्योति वि.क.को ढुङ्गाले थिचेर हत्या गरी फरार रहेका बालकृष्ण न्यौपानेलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप किर्ते गर्ने गिरोहको समेत पर्दाफास गरेको छ । मालपोत कार्यालय बुटवलका अधिकृत र कर्मचारीहरूको मिलेमतोमा भएको सरकारी छाप किर्ते काण्डमा संलग्न ५ जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अर्कोतर्फ, नेपाल तथा भारतका प्रतिष्ठित विश्वविद्यालयहरूको नक्कली प्रमाणपत्र, होलोग्राम र स्ट्याम्पसहित भारतीय नागरिक अभिषेक यादव र कलेज सञ्चालक हरि प्रसाद कँडेललाई पक्राउ गरी ठूलो परिमाणमा किर्ते सामाग्री बरामद गरिएको छ । 

बैंकिङ कसुरतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । गोर्खाज फाइनान्स लिमिटेडमा कमसल सुन धितो राखेर करोडौं ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरिएको छ, जसमध्ये मुख्य अभियुक्तहरू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अपराध नियन्त्रणसँगै राजश्व चुहावट रोक्न पनि प्रहरी सफल देखिएको छ । अवैध भन्सार छली चोरी पैठारी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १४ करोड १३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ भने अवैध नदीजन्य उत्खननमा संलग्न टिपर, जेसीबी र ट्याक्टरहरूलाई कारबाही गरी करिब ५० लाख राजश्व जम्मा गरेको तथ्यांकमा उल्लेख छ ।

साथै, फैसला कार्यान्वयनको शिलशिलामा समाजमा लुकिछिपी बसेका ५४२ जना फरार अपराधी र आन्दोलनका क्रममा कारागारबाट भागेका ३४ जना कैदीलाई पक्राउ गरी लामो समयदेखिको कैद र जरिवाना असुल गराउन रुपन्देही प्रहरी सफल भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ,प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

Pradeep Shrestha १८ मंगशिर २०८२, बिहीबार

बधाई छ प्र उ ज्यु ! रुपन्देही जिल्ला मा हजुर को कार्यकाल ले एतिहासिक सफलता प्राप्त गरोस 🙏🌹🙏

Tika Prasad poudel debdaha १७ मंगशिर २०८२, बुधवार

Police le imandari Kam garyo bhane bhashtchar 80/ Kam hum6 yes bisay ma kehi partikriya aahosh

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार