मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

भूमिदेव फर्निचर बजारले वार्षिकोत्सव र दीपावलीको अवसरमा ३५% सम्म छुटको घोषणा

Ujyalosandeshonline 10783+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

भैरहवा । भैरहवास्थित 'भूमिदेव फर्निचर बजार' ले आफ्नो १५ औं वार्षिकोत्सव र दीपावलीको अवसरमा आफ्ना सम्पूर्ण उत्पादनहरूमा ३५ प्रतिशतसम्मको भारी छुटको घोषणा गरेको छ। यो विशेष अफर सोमबारदेखि छठ पर्वसम्म मात्र लागू हुनेछ। कम्पनीका उत्पादन प्रबन्धक अभिषेक अर्यालले भूमिदेव फर्निचर बजार आधुनिक जीवनशैलीका लागि गुणस्तरीय, दिगो र आकर्षक फर्निचरको पर्याय भएको बताए।

यो छुटको अफर भैरहवास्थित प्रधान कार्यालयसहित मुलुकका विभिन्न स्थानमा रहेका आठवटै शाखा कार्यालयहरूमा पनि उपलब्ध हुनेछ। अर्यालले कम्पनी आगामी दिनहरूमा अझ नवीन डिजाइन, वातावरणमैत्री उत्पादन र आधुनिक प्रविधिको प्रयोगद्वारा सेवा विस्तार गर्ने योजनामा रहेको जानकारी दिए।

विसं २०६७ मा भैरहवाबाट उत्पादन र व्यावसायिक कारोबार सुरु गरेको यस कम्पनीको हाल लोकन्थली, भक्तपुर, बानेश्वर, काठमाडौं, इमाडोल, ललितपुर, झापा र पोखरामा शाखा कार्यालयहरू छन्। कम्पनीले रु. २ हजारदेखि रु. ७ लाखसम्मका विभिन्न फर्निचर उत्पादन सामग्रीहरू प्रदान गर्दछ। सबै शाखाहरूमा बेड, डाइनिङ सेट, ड्रेसिङ टेबल, स्टडी टेबल, मोड्युलर किचन र आकर्षक सोफासेटहरू लगायत घर तथा अपार्टमेन्टहरूका लागि आवश्यक सम्पूर्ण फर्निचर उपलब्ध छन्।

भूमिदेव फर्निचर बजारका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेले आफ्ना सम्पूर्ण उत्पादनहरूमा १५ वर्षसम्मको वारेन्टी रहेको बताए। करिब १० करोड रुपैयाँको लगानीमा स्थापित यस कम्पनीले विशेषगरी भियतनाम र भारतबाट कच्चा पदार्थ आयात गरी भैरहवा र लोकन्थलीमा उत्पादन गर्दछ। कम्पनीमा कुल ४५ जना कर्मचारी कार्यरत छन्। गैरेका अनुसार, गाडीमा १ घण्टासम्मको दुरीका लागि निःशुल्क डेलिभरीको व्यवस्था छ भने अन्य डेलिभरी सेवा नेपालभर उपलब्ध छ। उनले गुणस्तर, विश्वास र दिगोपनमा अडिग रहँदै ग्राहकहरूको आवश्यकताअनुरुप नयाँ सामानहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार