मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ :अध्यक्ष ओली

Ujyalosandeshonline 11768+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन् । शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे । 

उनले भने, ‘अहिलेको राजनीति राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो । नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भैहाल्छ भन्ने छैन् । यसरी दुईधारबीचको प्रतिस्पर्धा छ । अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अबको आवश्यकता भयो । हामी त्यस ठाउँमा पुगेका छौँ। यो शक्ति सन्तुलनको स्थिती हो सधैँ यस्तै रहन सक्दैन। जबजले यसरी रन नदिएर दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ ।’ 

अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई प्रतिपादन गरेको बताए । जनताको बहुदलिय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्गदर्शनको सिदान्त रहेको उनको भनाई छ । 

उनले भने, ‘हामी जनताको बहुदलिय जनवादप्रति आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन । मौका मिले जबज कार्यक्रम हो । मौका नमिले होइन। अझै राम्रै मौका मिल्ने हो भने सिद्धान्त हो अझै राम्रो मौका पाउने हो भने मार्गदर्शन सिद्धान्त नै हो । स्वार्थ पूरा नहुने हो भने केही पनि होइन् । नभए होइन। जनवादप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन। मदन भण्डारीको अगुवाईमा भएको हुनाले जावाद कसरी छाड्ने भन्ने होइन। यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जनवादलाई प्रतिपादन गरेको हो । यो कुनै ध्यानबाट तपबाट कठोर तपस्या यस्ताबाट होईन् । ध्यान देश जनता र देशको समस्या समाधान गर्नेप्रति दिएर गरेको हौं । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार