मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

तेश्रो लुम्बिनी अन्तराष्ट्रिय पिस म्याराथनमा अनिश प्रथम

Ujyalosandeshonline 11504+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

भैरहवा । लुम्बिनीमा तेस्रो अन्तराष्ट्रिय पिस म्याराथन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत अनिश थापा मगर प्रथम भएका छन्  । मगरले २ घण्टा २० मिनेट १८ सेकेण्डमा ४२.१९ किमि पार गर्दै ३ लाख ५० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि नेपाली सेनामा कार्यरत सुशिल कुमार शाही दोस्रो भए । उन उक्त दुरी २ घण्टा, २० मिनेट २५ सेकेण्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते । केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दुरी २ घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार जिते ।

यसै गरि महिला सहभागीहरुलाई आधा दुरीको म्याराथन गराईएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकहरुले वर्चस्व जमाएका छन् । २१ किमी महिलाको हाफ म्याराथुनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्  । उनले उक्त दुरी एक घण्टा २० मिनेट ५ सकेण्डमा पूरा गर्दै एक लाख ५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दुरी पूरा गरेर दोस्रो भइन । उनले एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चीनकै चेन विईले दुई घण्टा २६ समेण्डमा पूरा गरेर तेस्रो हुनुभयो र ८० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन ।

म्याराथनमा पुरुष तर्फ १० औं स्थान सम्म आउने र महिला तर्फ छैठौं स्थान तर्फ आउनेलाई पुरस्कार बाडिएको थियो । यसै गरि महिला तर्फ छैठौं स्थान सम्मलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए । म्याराथन अन्तर्गत ५ किलोमिटरको खुल्ला दौड र ५ किलोमिटरकै बिद्यालयका छात्रछात्राहरुको दौड पनि आयोजना गरिएको उनले जानकारी दिए । प्रतियोगितामा ४ सय ३० बढि एथलिटहरु सहभागी भएको उनले बताए । दौड प्रतियोगितामा सबै पुरस्कारको रकम गरि १९ लाख बराबरको पुरस्कार वितरण गरिएको उनले बताए । कार्यक्रममा नेपालसंगै चिन र केन्याका धावकहरुले पनि भाग लिएको श्रेष्ठले जानकारी दिए । 

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा शान्ती म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाई छ । उनले लुम्बिनीलाई शान्तीको गन्तब्य बनाउने उद्देश्य सहित ओलम्पिक कमिटीले म्याराथनको आयोजना गरिरहेको उनको भनाई छ । यसलाई भविष्यमा अझै व्यवस्थित गरि अगाडी बढाईने उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार