भैरहवा । नेपालबाट भन्सार छलेर भारत लैजाँदै गरिएको करिब नौ हजार किलो फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बेलहिया सीमानाकाबाट बरामद गरेको छ। एचआर ३८ एए २८३४ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा आवश्यक कागजात नभएपछि बीउ र ट्रक नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो।
जाँचका क्रममा चालक भने ट्रक छाडेर फरार भएका छन्। पछिल्लो समय रुपन्देही, नवलपरासी र कपिलवस्तु नाकाबाट फर्सीको बीउको तस्करी बढेको र नाकामा निगरानी कडाइ गरिएपछि सामान नियन्त्रणमा लिन सफल भएको भन्सार कार्यालयले जनाएको छ।