मुख्य समाचार
अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो बढी सुनसहित तीन जना पक्राउ

Ujyalosandeshonline 12205+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

भैरहवा । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान झोङ र म्यानमारका सातनाइन टुङ र इन ङोन फू रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुबईको शारजाहबाट १२ थान स्पिकरमा लुकाएर ल्याएको ५ किलो ७ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । गएर राति एयर अरेबियाको उडान नम्बर जी ९५३० बाट काठमाडौं विमानस्थलमा ओर्लिएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र रहेको स्पिकरबाट सुन बरामद भएको हो ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार