मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |

मधेस प्रदेशमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

Ujyalosandeshonline 12473+ समाचार ( )
२३ असार २०८१, शनिबार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गर्दा अटेर गरेपछि सबैलाई बर्खास्त गरिएको बताए । 

मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह, अर्थमन्त्री युवराज भट्टराई, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बेची लुंगेली, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी, श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी एक्ली सांसद विमला अन्सारी, गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो ।

केन्द्रमा संसदका दुई ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रदेश सरकारहरुमा समेत त्यसको बाछिटा पर्न थालेको छ । यसअघि एमालेले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार