मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

Ujyalosandeshonline 12466+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो । 

पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ । स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँमा अहिले खोलैबाट सडक सञ्चालनमा छ । 

थापाले भने, ‘पानी घटेको बेलामा लोडरले सम्याएर सडक चलाइन्छ, पानी पर्ने बित्तिकै खोलाले बाटो बिगार्छ ।’ वर्षाको बेलामा यातायात साधन मात्र होइन पैदल यात्रीलाई पनि खोला तर्न निक्कै समस्या परेको उनले बताए । पहिरोले खोलामा राखिएको झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । सो झोलुङ्गे पुल समेत मर्मत नहुँदा स्थानीय जोखिम मोलेर खोला तारिरहेका छन् । 

उनले भने, ‘कम्तीमा झोलुङ्गे पुल मात्रै मर्मत गरिदिएको भए पनि सर्वसाधारणलाई आवागमनमा सहज हुने थियो, त्यो काम पनि हुन सकेको छैन, गाउँलेहरू निक्कै जोखिममा खोला तरिरहेका छन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार