मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

'जनतालाई स्‍थानीय सरकारको अनुभूति हुने गरी काम गरेका छौँ'

अनिल नेपाली 141+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको स्थानीय सरकारले नागरिकलाई अनुभुती हुने गरि काम गरेपछि सन्धिखर्क नगरपालिका–७ का स्थानीयवासी हर्षित भएका छन् । भौगोलिक कारण वडा कार्यालयमा आउन सेवाग्राहीलाई समस्या भएको विषयलाई मध्यनजर गर्दै पालिकाको वडा नम्बर ७ को कार्यालयले त्यस्ता स्थानका सेवा प्रवाह गर्दा स्थानीयवासी हर्षित भएका हुन्। 

वडा कार्यालयले सम्पति कर, भुमि/मालपोत कर संकलन सबन्धी शिविर संचालन गरेको वडा अध्यक्ष चुरा बहादुर केसीले बताए । गत चैत १६ गते देखि उक्त शिविर संचालन भएको छ । अब चैत २३ गते वडाको डिहि नेटामा र चैत ३० डिहिडाँडा नेटामा उक्त शिविर संचालन हुनेछ। वडा कार्यालयले विगत देखि काम गदै आएको छ । 

'वडा कार्यालयले सेवाग्राहीलाई सहज हुने गरि विभिन्न शिविर चलाएको छ' वडा नम्बर ७ को सचिव सीता बिसि पराजुलीले भनिन्, शिविरहरु स्थानीय बासिन्दा लाभान्वित हुँदा शिविर फलदायी देखिएको छ।' स्थानीय निर्वाचनमा वडावासी गरेका प्रतिबद्वतालाई पुर्णता दिन आफू निरन्तर लागिपरेको वडाअध्यक्ष केसीले बताए ।

वडा कार्यालयबाट जारी गरिएको सूचनामा भनिएको छ-'सम्पतिकर तथा भूमिकर/मालपोत बुझाउन आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा हाल साविक भएको हकमा नयाँ पुर्जा र गत आ.व.मा बुझाएको रसिद तथा हाल साविक नभएको हकमा पुरानो लालपुर्जा र रसिद लिएर, लालपुर्जामा भएका जग्गाहरुको स्पष्ट विवरण बुझाउन सक्ने व्यक्ति मात्र आउनु...।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार