मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्छौं : मन्त्री बस्नेत

Ujyalosandeshonline 12611+ समाचार ( )
२२ पौष २०८०, आइतबार

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न डटेर लागिपरेको बताएका छन् ।आइतबार कान्ति बाल अस्पतालको ६२औं वार्षिकोत्सव समारोहमा बोल्दै बस्नेतले मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव गरिसकेको र उक्त विषयमा सबैको एकस्वर रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा ठूलै संख्यामा जनशक्तिको वृद्धि गर्ने अवस्थामा मन्त्रालय पुगिसकेको बताए ।

‘म जनशक्ति वृद्धि गराउन लागि परेको छु । अब चाँही जनशक्ति वृद्धि हुने भएको छ । यो खुसीको कुरा हो । ठूलै संख्यामा जनशक्ति प्राप्त हुनेवाला छ,’ उनले भने । 

उनले मन्त्रालयले प्रस्ताव गरेको चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर गुणस्तरीय चिकित्सा शिक्षाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिने प्रस्तावमाथि राजनीतिक दलहरु पनि एक भइसकेको प्रष्ट पारे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सयदेखि तीनसय शैयाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिनुपर्ने विषयमा गरेको प्रस्तावको पक्षमा राजनीतिक दलहरु सहमत रहेको सुनाए । 

मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वय गर्न भनेर पत्र लेखेका छौं । मैंले क्याविनेटमा र सभामुखज्युलाई कुरा राखेको छु । पार्टीका नेताहरुलाई पनि भनेको छु । पार्टी सभापति शेरबहादुर देउवा ज्युलाई पनि यो कुरा राखे नेपाललाई चिकित्सा शिक्षा क्षेत्रको हब बनाउन सबैको एक स्वर छ ।’

उनले कान्ति बाल अस्पतालको संरचना निर्माण र अस्पतालको सुधारमा एकजुट भएर लाग्न सबैलाई आग्रह गर्दै आफूपनि लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य, कान्ति बाल अस्पतालका पूर्वनिर्देशक तथा बालरोग विशेषज्ञ प्राडा.आरपी बिच्छाले स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनले मन्त्री बस्नेतले जनशक्तिको व्यवस्थापनका लागि गरेको प्रयास राम्रो भएको जिकिर गर्दै त्यसमा डटेर लाग्न आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार