मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्छौं : मन्त्री बस्नेत

Ujyalosandeshonline 12320+ समाचार ( )
२२ पौष २०८०, आइतबार

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न डटेर लागिपरेको बताएका छन् ।आइतबार कान्ति बाल अस्पतालको ६२औं वार्षिकोत्सव समारोहमा बोल्दै बस्नेतले मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव गरिसकेको र उक्त विषयमा सबैको एकस्वर रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा ठूलै संख्यामा जनशक्तिको वृद्धि गर्ने अवस्थामा मन्त्रालय पुगिसकेको बताए ।

‘म जनशक्ति वृद्धि गराउन लागि परेको छु । अब चाँही जनशक्ति वृद्धि हुने भएको छ । यो खुसीको कुरा हो । ठूलै संख्यामा जनशक्ति प्राप्त हुनेवाला छ,’ उनले भने । 

उनले मन्त्रालयले प्रस्ताव गरेको चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर गुणस्तरीय चिकित्सा शिक्षाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिने प्रस्तावमाथि राजनीतिक दलहरु पनि एक भइसकेको प्रष्ट पारे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सयदेखि तीनसय शैयाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिनुपर्ने विषयमा गरेको प्रस्तावको पक्षमा राजनीतिक दलहरु सहमत रहेको सुनाए । 

मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वय गर्न भनेर पत्र लेखेका छौं । मैंले क्याविनेटमा र सभामुखज्युलाई कुरा राखेको छु । पार्टीका नेताहरुलाई पनि भनेको छु । पार्टी सभापति शेरबहादुर देउवा ज्युलाई पनि यो कुरा राखे नेपाललाई चिकित्सा शिक्षा क्षेत्रको हब बनाउन सबैको एक स्वर छ ।’

उनले कान्ति बाल अस्पतालको संरचना निर्माण र अस्पतालको सुधारमा एकजुट भएर लाग्न सबैलाई आग्रह गर्दै आफूपनि लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य, कान्ति बाल अस्पतालका पूर्वनिर्देशक तथा बालरोग विशेषज्ञ प्राडा.आरपी बिच्छाले स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनले मन्त्री बस्नेतले जनशक्तिको व्यवस्थापनका लागि गरेको प्रयास राम्रो भएको जिकिर गर्दै त्यसमा डटेर लाग्न आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार